• जेष्ठ २७ २०८३, बुधबार

ललिता निवास प्रकरणः प्रतिवादी बनाइएका सबैलाई थुनामा राख्नुपर्ने सरकारी वकिलको माग

भाद्र १८ २०८०, सोमबार

काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा कीर्ते गरी हिनामिना प्रकरणमा सोमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाइ जारी छ।

सरकारी पक्षको बहस सकिएको छ भने अब प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। सरकारका तर्फबाट अच्युतमणी नेउपानेसहित ६ जनाले बहस गरेका थिए।

बहसमा ललिता निवासको जग्गा कीर्तेमा संलग्न सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क उनीहरूले गरेका छन्।