• फाल्गुन २६ २०८२, मंगलवार

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको दक्षिणी भागमा मिसाइल आक्रमण

भाद्र १६ २०८०, शनिबार

प्योङयाङ । दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो दक्षिणी तटको नजिकै मिसाइल आक्रमण गरेको दाबी गरेको छ । दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफका अनुसार उत्तर कोरियाले येलो सी नजिकै आज बिहान मिसाइल आक्रमण गरेको हो । बीबीसीका अनुसार ज्वाइन्ट चीफले यस विषयमा थप जानकारी भने दिएका छैनन् ।

‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने ।
केहीदिन अघि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यासको जवाफमा पनि समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । उत्तर कोरिया र दक्षिण कोरियाबीच लामो समयदेखि विवाद रहआिएको छ ।

कोरिया विभाजनमा भूमिका खेलेको अमेरिकाले द. कोरियामा आजसम्म पनि आफ्नो सेना राखेको छ । युद्धविरामको अवस्थामा रहेकोले २ कोरियाका बीचमा जतिबेला पनि युद्ध हुनसक्ने बताइन्छ । दक्षिण कोरियालाई अमेरिकी सेनाले बचाइदिएको छ भने उत्तर कोरियाले आवश्यक परे युद्ध हुनसक्ने भन्दै आणविक हतियारको तयारी गर्दिै आएको छ ।