



काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको को सरुवा गरेको छ ।
भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको जनाइएको छ ।
जसमा जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई पठाइएको छ भने सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरमा वेद विष्टलाई सरुवा गरिएको छ । रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, सुनसरीमा विपिन रेग्मी, उदयपुरमा रमेश थापा, इलाममा वासुदेव खतिवडा, कास्कीमा मोहन कुमार थापा, दाङमा रामबहादुर केसीलाई पठाइएको छ ।
यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले १२० जना प्रहरी नायब उपरीक्षक ९डीएसपी०हरुको सरुवा गरेका छन् । योसँगै केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।



