• असार १ २०८२, आईतवार

विप्लव नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै

भाद्र १५ २०८०, शुक्रबार

 

काठमाडौँ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको नेता अनिल शर्माले जानकारी दिए । बैठक बिहान ८ बजे बस्ने जनाइएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।