काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी एमसीसी कार्यान्वयन नहुने बताएका छन् ।
आजदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा आउँदै छ । उनले सामाजिक सञ्जालमार्फत् नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताएका छन् । माओवादी व्याख्यात्मक घोषणा अंग नबन्दासम्म एमसीसी कार्यान्वयन गर्न नहुने पक्षमा रहेको बताएका छन् ।
‘आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रुपमा, लिखित रुपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । एमसीए नेपालले पनि १२ बुँदे सर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रुपमा एमसीसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको छ,’ उनले लेखेका छन्,‘नेकपा (माओवादी केन्द्र)को प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउँदासम्म एमसीसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही–कसैलाई छैन ।’
एमसीसी व्याख्यात्मक घोषणा गरी २०७८ फागुन १५ गते संसदबाट पारित भएको थियो ।