• मंसिर १३ २०८१, बिहीबार

पर्याप्त निन्द्रा किन जरुरी छ ?

भाद्र १३ २०८०, बुधबार

निद्रा वा आराम हाम्रो शरीरको लागि धेरै नै जरुरी छ । कामले थाकेपछि हामीलाई आराम चाहिन्छ । त्यसैले दैनिक पर्याप्त निन्द्रा बिना हामी चुस्त दुरुस्त रहन सक्दैनौं ।

चिकित्सकहरुका अनुसार मानिस स्वस्थ रहनको लागि दैनिक कम्तिमा ६-८ घण्टा निदाउनुपर्छ । वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले हाम्रो शरीरलाई आराम दिने मात्रै होइन यसले शरीरलाई स्वस्थ पनि राख्छ ।

निन्द्राको अभावमा अल्जाइमर जस्ता ज्यानै लिने रोगको जोखिम बढ्न सक्छ । यसको परिक्षणको लागि डेबिड होल्ट्जम्यानले मुसा र मानिसको शरीरमा शोध गरेका थिए ।

शोधमा निन्द्राले मुसा र मानिस दुवैमा बिटा एमिलोयडको स्तर प्रभावित गर्ने र शरीरमा कम्पन पैदा गर्ने तथ्य पत्ता लाग्यो ।