काठमाडौँ । समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दैछ । चार दल सम्मिलित दिउँसो ४ बजे आयोजना हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
मोर्चाले बुधबार सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने निर्णय गरेको छ।
सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेता मनिकर कार्कीले जानकारी दिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले उक्त सभामा राज किशोर सहभागी हुनेछन् ।