सफलताको मुख्य हतियार शिक्षा नै हो । बौद्धिक ज्ञानले भरिपूर्ण बन्नलाई विभिन्न पुस्तक पढ्नुका साथै जीवनपयोगी सभा, सम्मेलन, गोष्ठी एवं समारोहहरूमा सहभागी बन्ने गरौ ।
जीवनमा निश्चित लक्ष्य निर्धारण गरौ र उक्त लक्ष्य पुरा गर्न कटिवद्ध भएर लागौ ।
बोली वचन र कार्यशैलीमा सुधार गरौ । मिठो बोली बचन् र असल संस्कार सिकौँ । आफ्नो कार्यक्षेत्रसँग मेल खाने र आत्मविश्वास बढाउने खालका पहिरन लगाऔँ ।
हरेक सफलताका पछाडि असल मित्रको पनि हात हुन्छ । यस्तो मित्र बनाउनुहोस् जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढ्न सघाओस् । आफ्ना लागि होइन अरुका लागि बाँच्न सिकौँ।
उच्च मनोवलयुक्त र दृढ आत्मविश्वासी वनौँ । एकदिन अवश्य सफलताको शिखर चुम्नेछौँ ।
गीत संगीतले मनमा सकारात्मक उर्जा पैदा गर्ने भएकाले गीत संगीतको लागि पनि समय छुट्याउने गरौँ।
दानवी व्यवहारलाई त्यागौँ। अरुको घोचपेच र निन्दा नगरौँ।
समय मूल्यबान हुन्छ। समयको सदुपयोग गर्न सिकौं।
सधै सकारात्मक सौचौँ। सकारात्मक सोचलाई जीवनको मन्त्र बनाऔँ ।
निःस्वार्थ भाव राखौँ । सम्पूर्ण मानव जातिलाई भातृत्वको भाबनाले हेरौँ ।
त्यो काम गरौँ जुन काम गर्न रहर लाग्छ र आनन्द पनि आउँछ । तर काम चाही सकारात्मक हुनुपर्यो।
धेरै सुन्ने र थोरै मात्र बोल्ने गरौँ ।
एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ ।
आफूले आफुलाई बिस्वास गर्नुहोस । आफूले गरिरहेको काममा दृढ विश्वास राखी अगाडी बढौँ ।
कडा भन्दा कडा मेहनत गर्नुहोस । निरन्तर रुपमा परिश्रम गरिराखौँ ।