• आश्विन १३ २०८१, आईतवार

टमाटर खानुका बेफाइदाहरू

भाद्र ६ २०८०, बुधबार

१ एसिडिटी

टमाटरको सेवनले तपाईंलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।

२ टमाटरको सेवनले ग्याँस

यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।

३ शरिरमा पत्थरी हुने सम्भावना

टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।

४ टमाटरको सेवनले दुर्गन्ध
टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।

५ ब्लडप्रेसरको सम्सया
आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ । एजेन्सिको सहयोगमा