• फाल्गुन २६ २०८२, मंगलवार

लद्दाखमा भएको सवारी दुर्घटनामा ९ जना भारतीय सैनिकको मृत्यु

भाद्र ३ २०८०, आईतवार

काठमाडौं । लद्दाखको लेह जिल्लामा सवारी दुर्घटना हुँदा भारतीय सेनाका ९ जना सैनिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १ जना जुनियर कमिशन्ड अफिसर (जीसीओ) समेत छन्।

शनिबार अपराह्न करिब ५ बजेतिर कियारी सहरबाट ७ किलोमिटर टाढा सैनिक सवार गाडी दुर्घटनामा परेको हो। भारतीय सेनाले सैनिकहरु सवार गाडी खोँचमा खसेको बताएको छ।

सैनिक सवार बहान कारु ग्यारिसनबाट लेह नजिकै कियारीतर्फ गइरहेको थियो। गाडीमा १० जना सवार थिए जसमध्ये ९ जनाको मृत्यु भयो भने १ जना घाइते भएका छन्।

दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्।