फोक्सो क्यान्सर एउटा रोग हो । यसमा फोक्सोमा कोषिकाहरु अनियन्त्रित रुपले बढ्दछन्, जसलाई हामी फेक्सो क्यान्सर भन्छौं । क्यान्सर भएको व्यक्तिको छातीमा दाग देखिन्छ । फोक्सो क्यान्सर फोक्सोबाट सुरु हुन्छ र शरीरको अन्य ठाउँमा फैलिंदै जान्छ । फोक्सोको क्यान्सर हुनुको सबैभन्दा प्रमुख कारण धुम्रपान हो ।
क्यान्सरको उपचार तीन तरिकाबाट गरिन्छ । सर्जरी, किमोथेरापी र रेडियोथेरापी क्यान्सरको उपचारको प्रविधिहरु हुन् । फोक्सो ट्युमर काट्न मिल्छ भने सबैभन्दा राम्रो उपचार शल्यक्रिया हो । कुनै—कुनै ट्युमर सर्जरी गरेपछि ठूलो हुने हुन्छ । त्यसलाई पहिला नै किमो दिएर सानो गरेर सर्जरी गर्न पनि सकिन्छ । क्यान्सर कस्तो छ त्यसको प्रकृतिअनुसार क्यान्सरको चरण हेरेर त्यहीअनुसारको क्यान्सरको उपचार गरिन्छ ।