पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका एकैसमथ वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार हराए पछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि जिल्ला प्रहरीमा निवेदन दिएका छन् ।