काजाब्लान्का क्यासेल्लो । बेल्जियम क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
पहिचान र अधिकार सुनिश्चितताका लागि आदिबासीहरू एक हौ आत्मनिर्णयका लागि परिवर्तनका सम्बाहक रूपमा आदिवासी युवाहरू भन्ने मूल नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुनु भएको हो ।
कार्यक्रममका प्रमुख अतिथि राजदुत राजभण्डारीले विश्व आदिबासी आदिबासी दिबस संसारभरका आदिबासीहरूको उत्सबको रूपमा मनाईने बताउदै अन्तराष्ट्रीय महासन्धि आईएलओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगष्ट ९ को बारेमा शुभकामना दिनुभयो ।
बेल्जियममा २९औं विश्व आदिबासी दिवसको दिन धेरै देशका आदिबासीहरुले फरक ढंगले फरक ठाउँमा यो दिवस मनाई रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले परदेशमा समेत भूमे नाच, साकेला सिली, च्याब्रुंग, नोको बांगे लगायत ठेट नेपाली पस्किएर उत्सवको रूपमा नेपाली आदिबासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविश्मणीय रहेको उल्लेख गर्दै यसलाई जिवन्त राख्न सुझाव दिनु भयो ।
नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगरले विश्वभर छरिए रहेका आदिबासीहरु आफ्ना भाषा, धर्म संस्कृति र पहिचानलाई जोगाउन सदैव लाग्नु पर्ने बताउनु भयो । उहाँले आदिबासी जनजातिका पहिचान र आत्मानिर्णयको अधिकारका विषयमा देशैभर छरिएर रहेका आदिबासीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहआयोजक तामाङग, समाज अध्यक्ष राम लामा, मगर समाज अध्यक्ष लोक राना, पाशा पुच महासचिब शुर्य नारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई, याक्थुम चुम्लुंग अध्यक्ष बदन लिम्बु, शेर्पा समाज संरक्षक पेम्बा गेलु शेर्पा तमुधि बेल्जियम अध्यक्ष प्रबिना गुरूग लगायतले आआफ्नो सस्कारहरूको बर्णन गर्दै झाकी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएन पोर्चुगलका पूर्ब अध्यक्ष भिम केसी, आदिबासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई, किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी राई, एन आर एन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुबास गुरुङ, पर्बत समाज अध्यक्ष नन्दा गुरुङ, कास्की समाज अध्यक्ष जिबन गुरुङ । दिल निशानी प्रेस सेन्टर, पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेकपा माओबादी बेल्जियम उपाध्यक्ष मनिस गुरुङ, आईसीसी गङ्गा शर्मा, नेपाली कांग्रेस बेल्जियम पूर्ब सभापती ईन्द्र क्षेत्री, एनआरएन ग्लोबल अध्यक्ष पद्म गुरुङलगायतले शुभकामना दिनु भएको थियो ।
महासंघ बेल्जियम सचिबद्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रमममा मयुमा राई , सुमिना राई, मेलिना राई, रिता कुमारी बुढा, याम कुमारी छन्त्याल लगायत कन्याहरूले आदिबासी सत्कार र सम्मान गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष विरमान घर्तिमगरले गर्नु भएको थियो भने उपाध्यक्ष मुना राईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।
साथै कार्यक्रमलाई भव्य रुपमा सफल पार्न संघिय समाज बेल्जियमका अध्यक्ष नेत्र मगरले आर्थिक सहयोग गर्नु भएको थियो । परम्परागत आदिबासी पहिचान झल्कने पोशाकमा सजिएका आदिबासी नेपालीहरूले साकेला सिली, च्याब्रुंग, नोको बांगे लगायत नृत्यहरू प्रस्तुत गरेका थिए।