काठमाडौँ । कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निणर्य गरेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने- ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निणर्य छ । सुन तस्करी प्रकरणमा जुनसुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका थिए । देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मद्धत गर्छ’, देउवाको भनाइ थियो । उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताए । तर उनले पार्टीको अनुशासन भन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएको बताइएको छ ।