कागखोलामा पहिरो फुट्दा कागबेनीमा बाढी पसेको छ । आइतबार राति एक्कासि बाढी आएको थियो । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । हालसम्म कुनै पनि मानविय क्षति नभएको र भौतिक क्षतितर्फ कागबेनी बस्तीमा ३१ वटा घर ,होटल, जोमसोम कोरोला सडकको पक्की पुल, झोलुंगे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।