काठमाडौं । त्रिभुवन विमानस्थल बाहिर आन्तरिक राजश्व विभागले बरामद गरेको सुन पगालेर जोखिने भएको छ।
साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो। टक्सार महाशाखामा अहिले सुनको परिमाण यकिन गर्नका लागि पगाल्ने प्रक्रिया सुरु गरिएको छ।
आज (सोमबार)देखि नै सुन जोख्न सुरु हुने बताइएको छ। अहिले ब्रेक शु (ब्रेक प्याड) भित्र रहेको सुन निकाल्ने काम भइरहेको टक्सार महाशाखा स्रोतले जानकारी दिएको छ।