• जेष्ठ २८ २०८२, मंगलवार

रोल्पाबाट दाङको घोराही तर्फ जाँदै गरेको बस दुर्घटना, १५ यात्रु घाइते

श्रावण २३ २०८०, मंगलवार

रोल्पा ।  रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ।  मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका-७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारूमगरले जानकारी दिए । उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ।  ‘हामीले घाइते १० पुरूष र पाँच महिला उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसकेका छौं,’ उनले भने, ‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।’

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

चालक फरार रहेपनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको खबर आएको डिएसपी मगरले बताए ।
वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।