• जेष्ठ २८ २०८२, मंगलवार

कालीखोलामा पहिरो: नारायणगढ–मुग्लिन सडक अवरुद्ध

श्रावण २३ २०८०, मंगलवार

चितवन  । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको उनको भनाइ छ ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।