• जेष्ठ २८ २०८२, मंगलवार

पक्राउ पुर्जी जारीपछि पूर्वमन्त्री जोशीले भने- मैले मन्त्री पद छाडेपछि भएको निर्णय मलाई जानकारी छैन

श्रावण २२ २०८०, सोमबार

काठमाडौं । ललिता निवासको जग्गा कब्जा प्रकरणमा चार जना पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले प्रतिक्रिया दिएका छन्।

पूर्व भूमिसुधार मन्त्री जोशीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ललिता निवास प्रकरणमा निर्णय हुँदा आफू मन्त्री पदमा बहाल नभएको बताएका छन्। २०६९ असोज १८ गते मन्त्रिपरिषद्‌बाट निर्णय भएको र आफू त्यसबेला मन्त्रीमा बहाल नरहेको बताएका छन्। जोशीले भनेका छन्, ‘२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‌मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ। मन्त्रीपदबाट मैले त्यसअघि असोज ४ गते नै राजीनामा दिइसकेको थिएँ।’

तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा आफू २०६९ जे७ ३ गतेदेखि असोज ४ गतेसम्म मात्र मन्त्री पदमा रहेको जोशीले बताएका छन्। साथै उनले निर्णय हुँदाताका टोबहादुर रायमाझीले उक्त मन्त्रालय सम्हालेको पनि जानकारी गराएका छन्।

‘मन्त्रिपरिषद्को सामाजिक समितिमा प्रस्ताव जाँदासमेत म मन्त्री पदमा थिइनँ। मैले मन्त्री पद छाडेपश्चात भएका कुनै पनि निर्णयबारे मलाई जानकारी छैन’, उनले भनेका छन्।

साथै उनले अघि भनेका छन्, ‘यसअघि पटक–पटक जानकारी दिए अनुसार नै अदालतको दोस्रो ताकेतापछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरोमार्फत् निर्णयका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो। सो सम्बन्धी निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन। जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहनेछ।’