इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकी सरकारले पक्राउ गरेको छ । हाल पाकिस्तानमा चलिरहेको सरकार अमेरिकाले बनाएको सरकार हो ।
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइए लगत्तै खानलाई आजै पक्राउ गरिएको छ । इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो ।
‘के निहुँ पाउँ कनिका बुकाउँ’ भने त्यहाँको सरकारले उनलाई यति कमजोर आरोप लगाएको छ । खानले सो आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् ।
फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।
खासमा इमरान खान प्रधानमन्त्री हुँदा अमेरिकी कम्पनीहरुलाई खनिज पदार्थ उत्खननमा रोक लगाएको र रुस र चीनविरुद्ध गतिविध गर्न सैन्य अखडा राख्न नदिएको आरोप अमेरिकाले लगाउँदै आएको थियो ।
सोही घटनाका कारण उनको सरकार अपदस्त गरिएको थियो । हाल पनि खानको पीटिआई पार्टीमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।