• मंसिर ९ २०८१, आईतवार

बंश जोगाउन युक्रेनले आफ्ना सेनाको वीर्य संकलन गर्न थाल्यो

श्रावण १९ २०८०, शुक्रबार

किएभ । रुससितको युद्धमा हजारौंको संख्यामा आफ्ना सेना मारिन थालेपछि युक्रेनले एउटा नयाँ काम गर्न थालेको छ । उसले युद्धमा मारिने सेनाको बंश जोगाइदिनको लागि युद्धरत सेनाको विर्य संकलन गर्न थालेको छ ।

युद्धमा होमिएपछि सेनाको ज्यान पनि जानसक्छ । त्यसकारण सेनाको परिवार वंशनाश हुने पीर हुन्छ । जसका कारण युक्रेन सरकारले युद्धमा होमिएका सेनाको वीर्य धमाधम संकलन गर्न थालेको हो ।

युक्रेनी सेनाको वीर्यलाई स्पर्म बैंकमा सुरक्षित राखिनेछ । युद्धपछि सेना अंगभंग भएको अवस्थामा अथवा सेनाको मृत्यु भएको अवस्थामा पनि उनको परिवारको वंशनाश नहोस् भनेर यस्तो पहलकदमी चालिएको हो । रुससित एक वर्षसम्म चलेको युद्धमा लगभग २७ हजार युक्रेनी सेना मारिएको अनुमान गरिएको छ ।