बर्षायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि भइरहेको छ ।
बर्षातको समयमा फोहोर पानी र भाइरल जीवाणु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण बढेको चिकित्सकहरूले बताएका छन् ।
आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने हुन्छ । आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने यसले आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । लामो समयसम्म कडाखालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्ने चिकित्सकहरु बताउछन् ।
धुवाँ–धुलोलगायत प्रदूषणको असरले आँखालाई प्रभाव पार्छ । आँखा पाक्ने रोग र आँखाको एलर्जी झट्ट हेर्दा उस्तै–उस्तै देखिन्छ । तर, अघिल्लो वर्ष यही मौसममा आँखा चिलाउने समस्या आएका व्यक्तिमा अर्कोे वर्ष पनि उस्तै समस्या दोहोरियो भने आँखा पाक्ने रोग लाग्न सक्छ ।
‘कन्जक्टीवाईटिस्’ एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।
रोगीको तौलिया या रुमालको प्रयोग गर्नले पनि यो रोग फैलिन्छ । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसित सर्ने हुन्छ । यद्यपी धेरै धुलो, धुवाँ र प्रदूषणबाट पनि यो समस्या हुन जान्छ ।
व्यक्तिगत सरसफाईको अभावमा ब्याक्टेरियाको ईन्फेक्सन हुन सक्छ । लामो समयसम्म बिजुली बत्तिमा काम गर्नले पनि आँखामा तनाव हुन्छ । सार्वजनिक स्वीमिङ् पुलमा पौडी खेल्दा संक्रमण हुन सक्छ । आँखामा कन्ट्याक्ट लेन्स सोलुशन, सौन्दर्य प्रसाधनको प्रयोगबाट हुने एलर्जी, कसैकसैमा परिवारको कोहि सदस्यको आँखामा एलर्जी भएमा अन्य सदस्यहरुमा पनि देखिन सक्छ । ब्याक्टेरियल ईन्फेक्सनमा सामान्यत दुबै आँखा प्रभावित हुन्छ । चिप्रा बढि देखिन्छ । भाइरल ईनफेक्सनबाट आँखा पाकेको हो भने एउटै आँखा प्रभावित हुन्छ ।
आँखाबाट पातलो पानी जस्तो आँसु बगिरहन्छ । उज्यालोमा आँखा तर्मिराउने, पोल्ने हुन्छ । आँसु बग्ने नलीमा अवरोध भएमा पनि आँखाबाट आँशु बगिरहन्छ । एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउने हुन्छ । घाममा हेर्न वा बस्न गाह्रो हुनु । प्रकाश सहन नसक्नु । आँखाको ढकनी सुन्निनु, चिलाउनु र जलन हुनु । आँखा भारी हुनु । आँखा पाक्नु, चिप्रा लाग्नु , पिप जम्नु । बिहान उठ्दा आँखाको ढकनी पुरै टाँसिनु, आँखा खोल्न गाह्रो हुने हुन्छ ।
संक्रमित, आँखालाई छुने वा माड्ने गर्नु हुन्न । धुलो धुवाँबाट बच्ने प्रयास गर्ने । बिषेश गरी जब तपाई दिनभरी काम गरी बेलुकी घर फर्किनु हुन्छ, त्यसपछि एक पटक आँखालाई चिसोपानीले धुनु पर्दछ । अरुको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग गर्नु हुँदैन । मोटर साईकल , स्कुटर चलाउदा सनग्लास को प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिड।गर्दा चश्मालागाएर गर्नु पर्दछ । यस रोगबाट संक्रमित ब्यक्तिबाट टाढा नै बस्ने । आँखामा जोरपर्ने गरि कुनै काम नगर्ने । बिधार्थीको हकमा भने स्कुल नजाने घरमै बसेर केहि दिन आराम गर्ने । प्रभावित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने । घरका अन्य सदस्यले पनि रोगीसंग आँखा नजुदाउने तथा टाँडा नै बस्ने ।
संक्रमित आँखाको रोकथाम र उपचार
–एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।
–ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।
–सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।
–आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।
–बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।
–दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।
–आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।
–आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।