• मंसिर १४ २०८१, शुक्रबार

आजबाट घट्यो पेट्रोलियम पदार्थको मूल्य

श्रावण १ २०८०, सोमबार

काठमाडौँ । गएराति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको आइतबार बसेको २३३५औँ सञ्चालक समितिको बैठकले आज साउन १ बाट लागू गर्ने गरि सो निर्णय गरेको थियो ।

यसअघि पनि स्वचालित मूल्य लागू भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। तर, आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने निगमका महाप्रबन्धक उमेश थानीले जानकारी दिए।

त्यस्तै, निगमले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटाएको छ।