• मंसिर १४ २०८१, शुक्रबार

कुमारी बैंकले ल्यायो ११.७९ प्रतिशतको दरले घर कर्जा योजना

असार ३१ २०८०, आईतवार

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजना ल्याएको छ । बैंकले ११. ७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । ग्राहकहरूले ऋण प्राप्त गरेपश्चात् सो ऋण रकमलाई नयाँ घर/अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन् ।

कुमारी बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरूको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरू ल्याउँदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले यस्तो खालको योजना ल्याएको हो ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारीबैंकले आफ्ना देशभर रहेका ३०२ शाखा कार्यालय, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ्ग इकाईसहित सञ्चालनमा रहेका छन् ।