• फाल्गुन २६ २०८२, मंगलवार

दिल्लीमा ४१ वर्षयताकै भीषण वर्षा

असार २४ २०८०, आईतवार

काठमाडौं । दिल्ली, हिमाचल, पञ्जाबलगायत भारतका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ।

वर्षाले दिल्लीमा ४१ वर्षयताकै रेकर्ड तोडिएको छ। सन् १९८२ यता जुलाईमा एकैदिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भएको दैनिक भास्करले लेखेको छ।

यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो। सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो।

जम्मु कश्मीरको पुन्चमा पोसना नदी पार गर्ने क्रममा वर्षाका कारण दुई सैनिकको डुबेर मृत्यु भएको छ। यस्तै, हिमाचलमा ३, जम्मुमा २ र यूपीमा ३ जनाको चट्याङबाट मृत्यु भएको छ।

भारतीय मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ। हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ।