क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा भएको हो ।
उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको अझै सनाखत हुन सकेको छैन ।
रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।
आगलागीले व्यवसायिक जेट विमान पूरै जलेको थियो। दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।