• मंसिर १२ २०८१, बुधबार

दही चिउरा खानुको फाइदा 

असार १५ २०८०, शुक्रबार

काठमाडौं । ‘मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५ । देशैभर धान रोपाई गर्ने दिन ।  कृषकहरुले काम गर्दै दही-चिउरा खाएर मनाउने गर्दछन् । दही-चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा हो । धान रोप्नको चटारो परेको बेला छिटोमीठो खाजा नै यहि दही-चिउरालाई लिन सकिन्छ । यो स्वास्थ्यका लागि पनि नैकै फाइदाजनक रहेको छ । दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ। यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

दही-चिउराका फाइदा

– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ। चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। 

– दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। 

– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुनेगर्छ।

– चिउरा सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेले दहीसँग प्रयोग गर्न सकिन्छ।