काठमाडौं । संयुक्त राष्ट्रसङ्घले रुसले युक्रेनमा नजरबन्दमा राखिएका भनिएका ७७ जना बन्दी नागरिकलाई मृत्युदण्ड दिएको आरोप लगाएको छ । मङ्गलबार सार्वजनिक उसले गरेको प्रतिवेदनमा यो कुरा उल्लेख छ ।
युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले रुसी सङ्घले मनोमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।’
तर सन् २०१४ सम्म युक्रेनी सत्ताले त्यहाँ रहेका रुसीभाषिमाथि गरेको दमन र आमहत्याका बारेमा भने पश्चिमा मिडियाहरु बोलेका छैनन् र यस्ता रिपोर्टहरु पनि तयार पारिएका छैनन् । यसको विषय जटिल बन्दै गएको छ ।
यसैबीच, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले मङ्गलबार आफ्ना सेनालाई युक्रेनसित लड्ना लागि तम्तयार हुन आदेश दिएका छन् ।
वाग्नर विद्रोही लडाकु प्रमुख येबगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई तयार हुन आदेश दिएका हुन् ।
‘मैले सेनालाई पूणर् तयारीमा रहन आदेश दिएको छु,’ लुकासेन्कोले भनेका छन् । बेलारुस रुसको छिमेकी मुलुक हो । जो १९९० को दशकमा अमेरिकाले रुस विभाजन गरिदिएपछि बनेको मुलुक हो । बेलारुस युक्रेन युद्धमा रुसको साथमा छ ।
युक्रेनसित लडिरहेको निजी कम्पनीका लडाकू कमाण्डले रुसी सेना समक्ष आत्मसर्मण गरेपछि पश्चिमा देशहरु रुस कमजोर भयो भन्दै हौसिएका छन् । रुसमाथि मनोवैज्ञानिक हमला बढाइरहेका पश्चिमाहरुको जवाफ अबका दिनमा रुसी गठबन्धनले कसरी दिनेछ ? त्यो भने हेर्न बाँकी नै छ ।