• बैशाख १० २०८२, बुधबार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

असार १० २०८०, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ। यो चालु आ.व.को भन्दा १३ करोडले धेरै हो।

आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

उपप्रमुख डंगोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएकी छन्। त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उनले बताइन्।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।