• फाल्गुन २७ २०८२, बुधबार

रुसले इरानमा बनेको ड्रोन र क्षेप्यास्त्रले आफ्नो देशमा आक्रमण गरेको युक्रेनको दाबी

जेष्ठ ३१ २०८०, बुधबार

मस्को । युक्रेनले रुसले पछिल्लो २४ घण्टामा १० वटा क्षेप्यास्त्र र १० वटा ड्रोन हतियारले युक्रेनमा आक्रमण गरेको बताएको छ ।

ब्ल्याक सीबाट प्रहार गरिएको ४ मध्ये ३ क्षेप्यास्त्र खसाइएको तर एक क्षेप्यास्त्रले भने ओडेसा शहरको आवासीय अपार्टमेन्टमा क्षति पुर्याएको युक्रेनको भनाई छ ।

रुसी कालिबर क्षेप्यास्त्र आवासीय अपार्टमेन्टमा आक्रमण हुँदा ६ जना सर्वसाधारणको मृत्यु भएको रोयटर्सले जनाएको छ । यस्तै, युक्रेनका अनुसार अन्य ६ मिसाइल भने डोनेट्स्क क्षेत्रमा प्रहार भएको थियो ।

रुसले इरानमा निर्मित १० वटा ड्रोन हतियार पनि आफ्नो देशमा आक्रमण गरेको युक्रेनले बताएको छ । केही दिनअघि युक्रेनले बेलायतमा बनेको हतियारले रुसमाथि आक्रमण गरेको समाचार आएका थिए ।