काठमाडौं । रुसका रक्षामन्त्री सर्गी सोइगुले आफ्ना देशका दुई सेनालाई बहादुरीको तक्मा दिएका छन् । अमेरिकी र जर्मन ट्यांकहरू ध्वस्त बनाएको भन्दै रुसले दुई सेनालाई ‘हिरो अफ रसिया गोल्ड स्टार’ तक्मा प्रदान गरेको हो । रुसी सेनामा यो पुरस्कार रुसको सर्वोच्च सैन्य सम्मान हो ।
रुसका अनुसार पछिल्ला केही दिनयता युक्रेनले जवाफी हमला गर्न आउँदा आफ्ना सेनाले युक्रेनी सेनाले प्रयोग गरेको जर्मन लियोपार्ड ट्यांक र अमेरिकी ब्राड्ली फाइटिङ भेइकल ध्वस्त बनाइदिएको हो ।
यी ट्यांकहरू जापोर्जियाको युद्धमा ध्वस्त पारिएका हुन् । रुसले आफ्नो सेनाको आक्रमणबाट नष्ट भएका अमेरिकी र जर्मन ट्यांकको भिडियो पनि सार्वजनिक गरेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको जवाफी कारबाहीलाई असफल बनाउन उनीहरूका सेनालेका हेलिकोप्टरहरू र ड्रोनको प्रयोग अत्यधिक मात्रामा गरेका छन् । (रोयटर्स)