• जेष्ठ २७ २०८२, सोमबार

करको दर हेरफेर बारे नियमन गर्न राजश्व बोर्ड बनाउनु पर्ने थापाको सुझाब

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । कांग्रेस सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन् । आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन् ।

यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए । करको दर हेरफेर गर्न पाइने थापाको भनाई छ । ‘होइन भने हरेक वर्ष विधेयक किन ल्याउनुपर्यो,’ उनले भने ।

‘तर, हेरफेर गरिने करको दरको औचित्य हुनेपर्ने उनको भनाइ छ । बढाइएको छ भने किन बढाइयो, छुट दिइयो भने किन छुट दिइयो, त्यसको भार कति पर्यो, के को आधारमा छुट दिइयो, त्यसले कस्तो प्रभाव पार्छ, अध्ययन कहाँ भयो लगायतका सबै विषय संसदमा ल्याउनुपर्छ,’ उनले भने ।

यी सबै विषयको अध्ययनसमेत बोर्डले गर्नेगरी राजस्व बोर्ड बनाउनुपर्ने उनले बताए । ‘यति कुरा गर्न सकियो भने पर्फर्मेन्स बजेटिङतिरको पाइलाहरू बिस्तारै सार्न सक्छौं । रातारात गर्न सकिँदैन तर बजेट प्रणालीमा सुधार गर्ने कुरा एकदम महत्वपूणर् छ,’ उनले भने ।