• मंसिर १४ २०८१, शुक्रबार

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, कतिमा भइरहेछ कारोबार ?

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा १ हजार रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।