काठमाडौं । सेयर बजारको बुधबारको कारोबार सकिँदा नेप्से ४.६८ अङ्कले बढेको छ। उक्त अङ्कको सामान्य वृद्धिले नेप्से परिसूचक १९३२.३३ अङ्कमा कायम भएको छ।
बुधबार भएका कारोबारमा १३७ कम्पनीको सेयर मूल्यमा बढेको छ। ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। यस्तै, बुधबार २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ। बुधबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
खप्तड लघुवित्तको सेयर मूल्य ८.०२ प्रतिशत र स्वाबलम्वन लघुवित्तको सेयर मूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.६५ प्रतिशतले वृद्धि हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्य २.३३ प्रतिशत र गार्खा फाइनान्सको सेयर मूल्य २.३२ प्रतिशतले गिरावट भएको छ।