• मंसिर १४ २०८१, शुक्रबार

संसदमा अर्थमन्त्रीको प्रष्टीकरणः करको दर हेरफेरमा चलखेल भएको छैन

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।

‘१४ गते राती अनाधिकृत व्यक्ति प्रवेश गर्‍यो भन्ने विषयलाई आधार मानेर सांसदमा प्रश्न उठेको छ,’ महतले भने, ‘त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ । फेरि सदनमार्फत उठेका विषयलाई समेत बुद्धागत रुपमा प्रष्ट पार्न चाहन्छु ।’ बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्ने गर्छ ।

आर्थिक विधेयकलाई अन्तिम रुपमा दिन अर्थमन्त्री, राजश्व सचिव,राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ति रहने व्यवस्था छ । सोही अनुसार आगामी आर्थिक वर्षको आर्थिक विधेयक तय गरेको अर्थमन्त्री डा.महतले जनाए ।

‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल गर्‍यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर तय गरिएको छ ।’