• जेष्ठ २८ २०८२, मंगलवार

‘अखण्ड भारत’को नक्सा जारी गर्नु विस्तारवादी मानसिकताको उपज हो : पाकिस्तान

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । भारतीय संसदको नवनिर्मित भवनको भित्तामा राखिएको ‘अखण्ड भारत’को नक्साको पाकिस्तानले विरोध जनाएको छ ।

पाकिस्तानले आफूहरूले नयाँ दिल्लीको संसद भवनमा स्थापित गरेको भित्तेचित्रको बारेमा जानकारी पाएको तथा त्यसमा सामेल क्षेत्रहरू पाकिस्तान र अन्य क्षेत्रीय देशका भूभागहरू समेत भएको भन्दै यसलाई सच्याउन आग्रह गरेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय मन्त्रीसहित भाजपाका केही नेताले अखण्ड भारत भन्दै गरेको बयानप्रति खेद व्यक्त गरेको छ । उसले अखण्ड भारतको अनावश्यक दाबी केबल भारतका छिमेकी देशलाई मात्रै नभएर आफ्नै देशमा रहेका धार्मिक अल्पसंख्यकको पहिचान र संस्कृतिमाथि समेत प्रहार भएको उल्लेख गरेको छ । मन्त्रालयका विज्ञप्तिमा भनिएको छ, ‘अखण्ड भारतको अनावश्यक दाबी एक संशोधनवादी र विस्तारवादी मानसिकताको प्रकटीकरण हो । जसले अल्पसंख्यकको पहिचान र संस्कृतिमाथि समेत आधिपत्य जमाउन खोजेको छ ।’

उसले अखण्ड भारतको विचार सत्तारुढ दलसँग सम्बन्धित व्यक्तिहरूले फैलाउनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

भारतीय नेताहरूलाई आफ्नो विभाजनकारी र संकीणर् राजनीतिक एजेण्डा अघि बढाउन अन्य देशविरुद्ध बयानबाजी नगर्न पनि चेतावनी दिएको छ ।

पाकिस्तादले भारतलाई आधिपत्य र विस्तारवादी महत्वाकांक्षालाई अघि बढाउनुको साटो छिमेकी देशसँग बसेर विवादको समाधान गर्दै शान्तिपूणर् र समृद्ध दक्षिण एसियाको निर्माणका लागि सहकार्य गर्न सुझाव समेत दिएको छ ।