• जेष्ठ २८ २०८२, मंगलवार

अमेरिकी राष्ट्रपति जाे बाइडेन कार्यक्रमस्थलमै लडें (भिडिओसहित)

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो  बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ ।

यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उनले स्पष्ट पारेका छन् ।

यसअघि पनि ८० वर्षीय बाइडेन पटक पटक सार्वजनिक कार्यक्रममा लड्का छन् ।

हेर्नुहोस् भिडिओ :

-स्रोत : बीबीसी