• जेष्ठ २८ २०८२, मंगलवार

भारतको महाकालेश्वर मन्दिरमा प्रचण्डले १०८ किलो रुद्राक्ष चढाएर पुजा गर्ने

जेष्ठ १८ २०८०, बिहीबार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार भारतको मध्य प्रदेशको उज्जैन जाँदैछन् । त्यहाँ रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्न प्रधानमन्त्री त्यहाँ जानेछन् ।

मन्दिरमा चढाउनका लागि उनले १०८ किलो रुद्राक्ष नेपालबाट लगेका छन् । उनले महाकालेश्वर मन्दिरमा सो रुद्राक्ष चढाउने जनाइएको छ ।

४ दिने भारत भ्रमणका लागि उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । बिहीबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । त्यस क्रममा नेपाल र भारतबीच ७ बुँदे सम्झौतासमेत भएको छ ।