• फाल्गुन २७ २०८२, बुधबार

विश्वको सर्वाधिक धनी व्यक्तिमा फेरि एलन मस्क

जेष्ठ १८ २०८०, बिहीबार

न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन् ।

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २.७ प्रतिशतले घट्न पुगेको थियो । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सूचीमा फर्काएको हो ।

ब्लूमवर्ग विलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवैबीचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै थिए । तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।