• मंसिर १४ २०८१, शुक्रबार

चुरे दोहन गर्ने र महाभारत बगाउने बजेट आयो : सांसद प्रेम सुवाल

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले चुरे दोहन गर्ने र देशै डुबाउने बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले बजेटको विरोध गर्दै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत पनि बगाउने, देशै डुबाउने, प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । बजेटमा चुरेको गिटी ढुंगा दोहन गर्ने भनेर लेखिएको छ ।’

उनले जोत्नेलाई जमिन नआएको तथा मलमा ३० अर्ब कमिशनका लागि छुट्ट्याएको बताए । उनले सूचना प्रविधिमा सूचना प्रविधिमा विदेशी पूँजी ल्याउने भनेको विदेशी सेना समेत ल्याउनेगरी बजेट आएको बताए ।

उनले युवालाई रोजगारी दिने भनेपनि सार्वजनिक संस्थान चलाउने योजना नआएको भन्दै गाँजाबारे सचेत नभएको बताए । उनले शिक्षामा १२ कक्षा निःशुल्क गर्न भनेर नआएको र गोलमोटल बजेट छुट्ट्याएको आरोप सुवालको छ ।