काठमाडौं । सरकारले अघिल्लो वर्ष पूर्व-पश्चिम राजमार्गको विस्तारकोलागि ४ लेनमा विस्तारको लागि तिव्रता दिने भएको छ। जसका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन भएको छ।
चालु आर्थिक वर्ष ३० अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण कार्यकोलागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। यो वर्ष ३० अर्ब ७ करोड विनियोजन गरेको थियो।
मध्य पहाडी राजमार्गको ३ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ। गत बजेटमा २३५ किलोमिटर कालोपत्रे र १६ वटा पूल निर्माण गर्न ९ अर्ब ३३ करोड विनियोजन गरेको थियो।
हुलाकी राजमार्गका लागि ३ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा ३०० किलोमिटर कालोपत्रे र २४ पूलको निर्माण गर्न ६ अर्ब ७ करोड विनियोजन गरेको थियो।
मदन भण्डारी राजमार्गकोलागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ। झापाको बाहुन डाँगीदेखी डडेलधुराको रुपालसम्म भित्री मधेश क्षेत्रमा अव्इवस्थित ठुला उपत्यका जोड्न निर्माणधीन मदन भण्डारी राजमार्गको गुल्मी अर्घाखाँची–पूठान–रोल्पा–सल्यान–सुर्खेत खण्ड स्तरोन्नती गर्ने उल्लेख थियो। चालु आवमा २ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको थियो।