काठमाडौं । सरकारले अध्यापन अनुमतिपत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री डा प्रकाश शरण महतले उक्त कुरा बताएका हुन्। ‘अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा उल्लेख छ।