काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेका छन्।
‘वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड विनियोजन गरेको छु’, सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उनले भने।
त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको बताएका छन्।