काठमाडौं । सोमबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आकस्मिक बैठकका लागि डाकेका छन् । मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।
बैठकले पारित गरेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन् ।त्यसपछि अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ । बजेट भाषणका लागि ४ बजे बैठक डाकिएको छ ।
आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यद्यपि, बजेटको अंक भने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि भारत भ्रमणको तयारी गरेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ।