• मंसिर १४ २०८१, शुक्रबार

आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।

बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।