• मंसिर १५ २०८१, शनिबार

रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा सिधै बजेट पठाउने व्यवस्था मिलाउँछौं : प्रम दाहाल

जेष्ठ १३ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी एकीकृत कार्यक्रम ल्याउने बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसहितका विभिन्न कार्यक्रमलाई गाभेर छोटो अवधिको तालिम सञ्चालन र उत्पादन वृद्धिको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सिधै बजेट पठाउने गरी बजेट ल्याउने उनले बताए ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विगतमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतका कार्यक्रम प्रभावकारी नभएकाले यस्ता अरु पनि कार्यक्रम गाभेर एकीकृत कार्यक्रम ल्याउने बताएका हुन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाजस्ता कार्यक्रमको सदुपयोग भएन । त्यसैले त्यसखालको कार्यक्रम गाभेर एकीकृत कार्यक्रम अन्तर्गत सिधै गाउँपालिकामा रकम जाने र त्यस खालको तालिम र उत्पादन कार्यक्रम अगाडि बढाउने बारेमा सोचेका छौं, यसबारेमा बजेट वक्तव्यमा प्रष्ट रुपमा आउनेछ’ उनले भने ।

सरकारले रोजगार सृष्टि गर्ने र उत्पादन वृद्धि गर्न ७५३ वटै स्थानीय तहमा युवालाई छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्ने र उत्पादन कार्यमा परिचालन गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।