• मंसिर १५ २०८१, शनिबार

बेंगलोरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज चरा ठोकिएको आशंकामा काठमाडौं फर्काइयो

जेष्ठ १३ २०८०, शनिबार

काठमाडौँ । काठमाडौँबाट बेंगलोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाजमा चरा ठोक्किएको आशंकापछि काठमाडौँ नै फार्काइएको छ।

सिमरामाथिबाट ‘डाइभर्ट’ गरेर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण भएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

“४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको हो,” उनले भने, “अहिले प्राविधिकहरूबाट परीक्षण भइरहेको छ।”

उक्त जहाज १: ४५ बजे काठमाडौँबाट बेंगलोरका लागि उडेको थियो।