काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले सत्तारूढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने र रोष्ट्रमबाट बोलेको कुरा संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद बैठक अवरोध गरेको छ । तर, सांसद दाहलले आफूले गलत नगरेकाले माफी नमाग्ने बताएका छन् ।
उनले भने, ‘माफी माग्न अपशब्द बोलेको छैन । माफी माग्नु पर्ने कारण छैन । संसदीय मूल्यमान्यता तोडेको छैन । माफी माग्दिनँ ।’
एमालेले सरकारको धारणा मागेको छ । तर सांसद दाहाल भन्छन्, ‘जसमाथि प्रश्न उठेको हो उसले जवाफ दिने हो ।’
१० जेठको बैठकमा उनले पशुपति नाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार भएको विषय उठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले भ्रष्टाचार छानबिन नगरेको बताएका थिए ।