• मंसिर १५ २०८१, शनिबार

सेयर कारोबारमा बुधबार पनि दोहोरो अंकले बृद्धि

जेष्ठ १० २०८०, बुधबार

काठमाडौं । सेयर बजारले मंगलबारको कारोबारलाई निरन्तरता दिएको छ। पछिल्लो दिन ५० अंक माथिको वृद्धि भएको सेयर बजार बुधबार १६.४९ अंकले वृद्धि भएको छ।

उक्त अंकको वृद्धिले नेप्से परिसूचक १९५९ कायम भएको छ। कारोबार रकम भने पछिल्लो दिन भन्दा कम भएको छ। बुधबार १ अर्ब ८७ करोड माथिको कारोबार भएको छ।

कूल १३१ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ८३ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। र ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।