• फाल्गुन २७ २०८२, बुधबार

भारतका चर्चित अभिनेता नितेश पाण्डेको निधन

जेष्ठ १० २०८०, बुधबार

काठमाडौँ। भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । हालसम्म प्राप्त जानकारीका अनुसार उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको हो ।

नितेश पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् । केही समय अघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।

टिभी अभिनेता देवेन भोजानीले नितेशको निधनको खबर दिँदै उनको राती दुई बजे कार्डियाक अरेस्टका कारण निधन भएको जानकारी दिए ।उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।